नुवाकोटले नै मलाई मुख्य मन्त्रि बनायोः मुख्यमन्त्री पौडेल



काठमाडौं । प्रदेश नं ३ का मुख्यमत्री डोरमणि पौडेलले आफुलाई मुख्य मन्त्रि नुवाकोट जिल्लाले नै बनाएको बताउनुभएको छ ।
शनिबार नुवाकोटको खड्गभञ्ज्याङको प्रगतिशिल माध्यामिक विद्यालयको हिरक जयन्ती समारोहमा उहाँले आफुलाई नुवाकोट जिल्लाले नै मुख्यमन्त्रि बनाएको बताउनुभएको हो ।

विद्यालयको हिरक जयन्ती समारोहमा संबोधन गदै मुख्यमन्त्रि पौडेलले शिक्षकको रुपमा वि.सं २०४२ सालमा हेटौडाबाट तत्कालिन सरकारले नुवाकोट सरुवा गरेको र एकपटक हाजिर गर्ने होकि भनेर आउँदा आठ नौ कोस टाढा भएकोले फर्केर गएको स्मरण गर्दै उहाँले पेशा त्यागेर राजनीतिमा होमिएको भन्दै नुवाकोटले नै आफुलाई मुख्यमन्त्रि बनाएको बताउनुभयो ।

हेडौटबाट आफुलाई नुवाकोटमा सरुवा नगरेको भए आफु अहिलेको हैसियतमा आइपुग्न नसक्ने मुख्यमन्त्रि पौडेलले बताउनु्भयो ।

पौडेलले आफु पनि शिक्षक रहेको भन्दै शिक्षक र शिक्षा क्षेत्रको समस्या बुझेको भन्दै अब आएर शिक्षा नितिलाई दोष दिन नहुने बताउनुभयो । पौडेलले सधैँ अरुलाई मात्र दोष दिएर बस्दा कसैको हित नहुने र शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो ।

प्रदेश सरकार बनेको केही समय भएपनि मुख्यमन्त्रि पौडेलले कर्मचारीको अभावमा काम गर्न नसकिरहेको बताउनुभयो । मुख्यमन्त्रि पौडेलले आफुहरु तलबभत्ता र सम्मान लिन नआएको दाबी गर्दै आफुहरु काम गर्न आएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा संबोधन गर्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले विद्यालयमा दरबन्दि अनुसार शिक्षक राख्ने भन्दै विद्यार्थी नभएको विद्यालय मर्ज हुने बताउनुभयो । सामुदायिक विद्यालयमा रहेका शिक्षकहरु दक्ष रहेको भन्दै नगर प्रमुख पण्डितले मात्र उनीहरुलाई लगनशीलता र विषयगत जिम्मेवारको उनीहरुमा खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका सहायक प्रध्यानाअध्यापक मधुसुदन नेपालले सबैको सहयोगमा विद्यालय स्थापना भएको बताउँदै गाउँको मकै,कोदो र धान बेचेर तत्कालिन अवस्थामा शिक्षकरुलाई तलव दिएर विद्यालय सुचारु गरिएको बताउनुभयो । वि स. २०७२ सालमा गएको महाभुकम्पले विद्यालयको भवन ध्वस्त भएको अवस्थामा रुम टु रिड नामक संस्थाले बनाइदिएको बताउनुभयो ।

२०१४ सालमा स्थापना भएको विद्यालयको हिरक जयन्ती समारोहमा विद्यालयको शैक्षिक विकासमा सहयोग पुराउने विभिन्न व्यत्तिहरु तथा पुर्व विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ । विद्यालयले अहिले पक्की भवनमार्फत कक्षा १२ सम्म अध्यापन गराइरहेको छ । विद्यालयमा ३ सय ७५ विद्यार्थीहरु अध्ययनरत छन ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, जिल्ला प्रहरी प्रमुख वसन्त वहादुर कुँवर,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्का, जिल्ला शिक्षा अधिकारी चन्द्र वहादुर खड्का, तथा विद्यालयका पुर्व विद्यार्थी नारायण प्रसाद रिमाल लगाएतको उपस्थितिब रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्