फागुन २५ मा आउने भयो गाँजा बाजा



चलचित्र विकास बोर्डले नामलाई लिएर नै अवरोध गरेको फिल्म गाँजा बाजा सोही नाममा रिलिज हुने भएको छ। बोर्डको तत्कालीन नेतृत्वले गाँजा भन्ने शब्दमाथि आपत्ति जनाउँदै फिल्म बनाउने अनुमति नपाएको सो फिल्मको निर्माण संस्था अदालत गएको थियो। १ वर्ष मुद्दा मामिला चली सर्वोच्च अदालतले फिल्मको पक्षमा पैmसला गरेपछि यो फिल्म आगामी फागुन २५ गतेदेखि अल नेपाल रिलिजमा हुन लागेको हो।

‘बोर्डले फिल्मका निर्देशक गणेशदेव पाण्डेको बोल्ने तरिका ठीक भएन भनेर शुरूमा फिल्म निर्माण अनुमति दिएन। सम्मानित अदालतबाट यो फिल्म निर्माण गर्ने अनुमति पाएपछि दर्शकमाझ ल्याउन लागेका हौं’, फिल्मका निर्माता दीपेन्द्र रेग्मीले भने– ‘सिनेमाले दर्शकलाई सन्देशसँगै पूर्ण मनोरञ्जन दिनेछ।’ निर्मात्री गोमा विष्ट थापाले फिल्मको शीर्षकभन्दा पनि निर्देशकसँगको व्यक्तिगत रिसइवीका कारण डेढ वर्ष आप्mनो फिल्म अलमलिएको गुनासो गरिन्।

‘दुव्र्यसनले हजारौं युवायुवतीको ज्यान गएको र लाखौं युवायुवती गाँजा चरसको दुव्र्यसनीमा फसेकाले त्यसविरुद्ध चेतना छर्न फिल्म गाँजा बाजा बनाएको उनले बताइन्। फिल्मको रिगीपिटी बोलको गीतको भिडियो युट्युबबाट सार्वजनिक भइसकेको छ। निख एन्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा गाँजा बाजाका अभिनेताद्वय अनुपम शर्मा र सुशील सिटौलालाई देख्न सकिन्छ।

गणेशदेव पाण्डेको लेखन र निर्देशनमा बनेको फिल्ममा सन्देशसँगै पूर्ण मनोरञ्जन पाइने बताइएको छ। ‘आफू सही हुँदाहुँदै पनि आफ्ना पुस्ता कसरी गलत बाटोमा गइरहेका छन् भन्ने ज्ञान पनि यो फिल्मबाट अहिलेका तन्नेरी पुस्तालाई हुनेछ’, निर्देशक पाण्डे भन्छन्– ‘मनोरञ्जन पनि उत्तिकै हुनेछ।’ फिल्ममा अनुपम र सुशीलसँगै रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल र कुवीर सुब्बालगायतले अभिनय गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्