लोयल्टी कपमा एलए च्याम्पियन



काठमाडौं, (नेस)
लिटिल एन्जल्स स्कुल (एलए) आठौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छ। मण्डिखाटारस्थित आयोजक लोयल्टीको मैदानमा भएको फाइनल खेलमा एलएले हिमालय बोर्डिङ स्कुललाई ५–४ गोलअन्तरले पराजित गर्यो। विजेता टोलीका प्रज्वल भट्टले २ तथा कप्तान भार्गव सिलवाल, लक्ष्य महर्जन र जोस्वा बुढाथोकीले १⁄१ गोल गरे। हिमालयका इसम कार्कीले २ तथा क्षितिज लामा र सुवेश केसीले १⁄१ गोल गरे। सुवेशे ‘म्यान अफ द फाइनल’ बने।

प्रतिक्रिया दिनुहोस्