मृत शिक्षकलाई गोलीकान्डको पूर्वाभास



पार्कल्यान्ड, (एजेन्सी)
अमेरिकाको फ्लोरिडाको पार्कल्यान्डस्थित विद्यालयमा गत साता भएको गोलीकान्डमा मारिएका हाइस्कुलका एकजना शिक्षकले आफू पनि कुनै दिन यस्तै घटनामा मारिन सक्ने विचार गर्दै यदि साँच्चै त्यस्तो घटना घटेमो के बोल्ने भन्नेबारे आफ्नी मंगेतरलाई निर्देशन दिएको बुझिएको छ।

शिक्षक स्कट बिजेलकी मंगेतर ग्वेन गोस्सलरले आइतबार उनको अन्त्येष्टिको क्रममा आइतबार समवेदना व्यक्त गर्न आउनेहरूलाई कुनै समय अर्को स्कुलमा भएको गोली हानाहानको खबर हेर्दै गर्दा उनले त्यस्तो कुरा गरेको बताएकी छिन्।

उनले बिजेलले त्यस्तो घटनामा मारिएको खण्डमा आफ्नो प्रशंसा नगरी आफू वास्तविक रूपमा कस्तो थिए भन्नेकुरा अरूलाई बताउन वाचासमेत गराएकी रहस्य खोलेकी छिन्। उनले सबैका सामू स्कट बिजेललाई सम्झँदै आँखाभरि आँसु राख्दै भनेकी छिन्– ‘अब म सत्य कुरा भन्छु। तिमी निकै विशेष व्यक्ति हौं तिमी मेरो पहिलो प्रेम र आत्माको साथी हौं।’ ३५ वर्षीय भूगोल पढाउने बिजेल क्रसकन्ट्रि प्रशिक्षक पनि हुन्। मार्जोरी स्टोनम्यान डग्लस हाइ स्कुलमा भ्यालेन्टाइन्स डेमा भएको उक्त गोलीकाण्डमा १७ जनाको ज्यान गएको थियो। उनलाई सो घटनामा थुप्रै विद्यार्थीको ज्यान बचाउने क्रममा ज्यान गुमाएका थिए।

विद्यार्थीहरूलाई आफ्नो कोठामा लुकाउन ढोका खोलेर बाहिर आएपछि पुन ढोका लगाउन नपाउँदै आक्रमणकारीले उनलाई हलबाट गोली हानेर मारेका थिए। सोही विद्यालयका १९ वर्षीय पूर्वविद्यार्थी निकोलस क्रुजले सो आम नर संहार मच्चाएका थिए। बिजेललाई ५ वटा गोली लागेको थियो।

प्रतिक्रिया दिनुहोस्