कम्रेड के भन्छन् कुन्नी ?



एमाले अध्यक्ष ओली डेढ वर्षपछि फेरि मुलुकको प्रमुख कार्यकारी पदमा पुगेका छन्। अघिल्लोपटक सामान्य बहुमतका साथ सरकार सम्हालेका उनी यसपटक झण्डै दुई तिहाइ बहुमतका साथ सो पदमा पुगेका छन्। गत बिहीबारदेखि औपचारिकरूपमा सत्ताको ताला–चाबी लिएका छन्।

अघिल्लोपटक प्रधानमन्त्रीको शपथ लिँदा उनमा जुन प्रकारको जोश जाँगर थियो अहिले त्योभन्दा कयौं गुणा बढी चुरीफुरी बढेको धरहराले देख्न थाल्या छ। सरकारको ताला–चाबी सम्हाल्नुभन्दा धेरैअघि दक्षिणतर्फका छिमेकीले उनलाई पटक–पटक बधाई दिए। त्यति मात्रै नभएर छिमेकबाट विशेष दूत नै आफूलाई नै भनेर भेट्न आएपछि त राजनीतिक बजारमा ओलीको भाउ निकै बढ्या छ।

त्यस्तै भाउ बढेर हो क्यार देउवाले गर्या खै के–के निर्णय उल्ट्याउँछु भनेर पटक–पटक बोलिसकेका उनी अहिले निर्णय उल्ट्याउने कसरतमा जुट्या छन् रे। कम्रेड नेतृत्वको सरकारले जेष्ठ नागरिक भत्ता पाउने उमेर हद घटाउने सुइँको पाएका देउवाले आफ्नै कार्यकालमा उमेर हद ह्वात्तै घटाएपछि ठूलै झोक चल्या छ उनीसहितका कम्रेडहरुलाई।

देउवाकै कार्यकालमा ३⁄४ पटक हो क्यार तेलको मूल्य पनि त बढ्या छ, त्यसबारेमा कम्रेड के भन्छन् कुन्नी ? खै, कुन–कुन नेता र मन्त्रीहरुले उपचार खर्चबापत सरकारबाट ठूलै खर्च लिएका थिए क्यार, त्यस्तो निर्णय पनि उल्टिने हो कि ?

प्रतिक्रिया दिनुहोस्