सपना सुपर प्लस साइज मोडल



राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सुपर प्लस साइज मोडल सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ। ओमनिया द हिडन ब्युटीको प्रस्तुतिमा तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको इभेन्ट व्यवस्थापनमा सुपर प्लस साइज मोडल नेपाल–२०१८ सौन्दर्य प्रतियोगिता सम्पन्न भएको हो।

सुपर प्लस साइज मोडल नेपाल–२०१८ को उपाधि सपना राईले चुमेकी छन् भने बिना लामिछाने फस्ट रनर्सअप तथा सिर्जना महत सेकेन्ड रनर्सअप भए। त्यसै गरी मस्ट पपुलरमा रुबी महत्तो र मल्टिमिडिया च्वाइसमा सुजाता शाह काफ्लेले सब टाइटल जित्न सफल भए।

उक्त सौन्दर्य प्रतियोगितामा विजेता सपना राईले नगद ५० हजार रुपियाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् भने अन्य विजेताले पनि ओमनिया द हिडन ब्युटीकोतर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। अरविन्द हमालको कोरियोग्राफी रहेको प्रतियोगिताको इभेन्ट निर्देशक डेभिलसिंह राजपुत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्