बेलायतबाट ठुलो परिमाणमा सुंगुरको शक्राणु आयात



बेइजिङ (एजेन्सी)
चीनले संगुर उत्पादन बढाउन बेलायतबाट ठुलो परिमाणमा सुंगुरको शुक्राणु आयात गर्न लागेको छ। बेलायतले हालै मात्र सुंगुरको शुक्राणलाई लिएर ठुलो अर्डर प्राप्त गरेको छ। यसका लागि चीनले बेलायतसँग २ लाख पाउन्डको अनुबन्ध गरेको छ। ब्रेग्जिटपछि बेलायत र चीनबीच उक्त ब्यापारिक सम्झौता भएको हो।

उत्तर आयरल्यान्डबाट सुंगुरको फ्रोजन सुक्राणु ५ हजार माइलको उडान गरि चीन पठाइनेछ। स्पियरहेड चाइना लिमिटेडका अध्यक्ष विलियम आर्थर स्पियर्सले ब्रेग्जिट बेलायतका लागि अत्यन्त उत्तम भएको र चीनका लागि पनि राम्रो अवसर भएको बताए। चीन सुंगुरको अत्यन्तै ठुलो बजार भएको पनि उनले बताए।

उनले भने– दुर्भाग्यवस चीनका नागरिक छिटोछिटो पैसा बनाउन चाहन्छ। जबकी बेलायतका किसान उसको गुणवत्ता र धेरै भन्दा धेरै बच्चा जन्माउनमा ध्यान दिइरहेका छन्।

बेलायतमा ब्यवसायिक तरिकाले ठुलो संख्यामा सुंगुर ब्रिडिंगको इतिहास छ। उसका लागि उच्च प्रजनन प्रविधि विकशित गर्नु सहज छ। सुंगुरको शुक्राणुलाई तरल नाइट्रोजन क्यानमा जमाउने गर्छ।

चीनमा मानव आवादी धेरै छ। यहाँ धेरै संख्यामा सुंगुर फर्म पनि छन्। तर यहाँ धेरै सुंगुर जम्मा गर्नु कठिन छ। किनभने ती जनावरमा बिमारी फैलिने डर हुने गर्छ– जुसिजी पिग ब्रिडिंगका सीईओ लु गुआंहुआले बताए।

उत्तरी आयरल्यान्डको सुंगुरको नस्ल अत्यन्तै राम्रो हुने गरेको त्यसबाट धेरै नाफा हुने उनी बताउँछन्। उक्त नस्लको सुंगुरलाई अन्य सुंगुरको तुलनामा १० प्रतिशत कम आहार खपत हुन्छ। उनीहरूबाट चीनका सुंगुरको पनि धेरै बच्चा हुने उनले थपे।

चीनको सरकारी नियमका कारण बजार प्रवेश पाउन गाह«ो छ तर ब्रेग्जिटका कारण केहि कम्पनीलाई नयाँ अवसरको अपेक्षा गरिएको छ।
बेलायतका प्रधानमन्त्री थेरेसा मेले बुधबार चीन भ्रमण शुरू गरेकी छन्। उक्त भ्रमणका क्रममा उनको एजेन्डा ब्रेग्जिटपछि चीनसँग ब्यापारिक सम्बन्ध बढाउन जोड दिनु रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्