वाज्नियाकी अष्ट्रेलियन ओपन च्याम्पियन



मेलबर्न, अष्ट्रेलिया । डेनमार्ककी क्यारोलिन वाज्नियाकी यस बर्षको अष्ट्रेलियन ओपन टेनिसको महिला तर्फको खेलमा च्याम्पियन बन्न सफल भएकी छिन ।

आज यहाँ भएको फाईनल खेलमा पहिलो बरियताप्राप्त रुमेनियाकी सिमोना हलेपलाई तिन सेट सम्म भएको संघर्षपूर्ण खेलमा ७/६, ३/६ र ६/४ को अन्तरले पराजित गरेका हुन । यस बर्षको अष्ट्रेलियन ओपन जितेसँगै वाज्नियाकी पुनः विश्व नम्बर १ खेलाडी पनि भएकी छिन । आजको खेल जित्न वाज्नियाकीले झण्डै ३ घण्टासम्म कोर्टमा संघर्ष गरेकी थिईन ।

पहिले पनि विश्व नम्बर १ खेलाडी बनीसकेकी वाज्नियाकीले अहिलेसम्म कुनै ग्र्याण्ड स्लाम जित्न सकेकी थिईनन । आजको खेलमा खुट्टामा आएको समस्याका बाबजुत सिमोना हलेपले अन्तिम समयसम्म फाईनल जित्न संघर्ष गरेकी थिईन । वाज्नियाकी ग्र्याण्ड स्लाम जित्ने डेनमार्गका पहिलो खेलाडी बन्न समेत सफल भएकी छिन । पहिलो ग्र्याण्ड स्लाम जितेपछि वाज्नियाकीले आफ्नो सपना साकार भएको प्रतिक्रिया दिएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्