बाइल्स पनि यौन शोषणमा



वासिंगटन, (एजेन्सी)
ओलम्पिक गेम्समा ४ स्वर्ण जितेकी स्टार जिमनास्ट सिमोन बाइल्सले पन अमेरिकी टिमका पूर्वडाक्टरविरुद्ध मुख खोलेकी छन्। २० वर्षीया बाइल्सले लेरी नासरले विशेष उपचार दिने बहानामा उनको यौन दुव्र्यवहार गरेको बताइन्। बाइल्स २०१६ रियो ओलम्पिकमा स्वर्ण जित्ने अमेरिकी टोलीका सदस्य हुन्। उनीभन्दा अगाडि गेबी डगलस, एली रेसमेन र मेककायला मारोनीसमेत कयौं महिला खेलाडीले नासरमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए।

लामो समयसम्म अमेरिकाको महिला जिमनास्ट टोलीका डाक्टर रहेका नासरमाथि उपचार गर्ने बहानामा १ सयभन्दा बढी महिला खेलाडीको यौन शोषण गरेको आरोप लागेको छ। अमेरिकाको अदालतले गत महिना नासरलाई बालिकाहरूलाई यौन शोषण गरेको मामिलामा ६० वर्षको जेल सजायँ सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्