पर्वते कृषकलाई लप्सी व्यपारको छोपाछोप



दुर्गाप्रसाद शर्मा, पर्वत । लप्सी उत्पादनको पकेट क्षेत्र मानिएको पर्वतमा यतिबेला लप्सी फलाएका कृषकहरुलाई लप्सी बेच्नमा भ्याई नभ्याई छ ।
जिल्लाको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवाका थानेश्वर भुषालले एकल लगानीमा सामुदायिक खाद्य प्रशोधन उद्योग खोलेर लप्सी खरीद गर्न थालेपछि कृषकहरुले लप्सी संरक्षण गर्दै राम्रो ब्यपार गरीरहेका छन ।

उद्योग र अन्य व्यवपारीहरुले लप्सी प्रशोधनबाट उत्पादन गरिने माडा, क्यान्डी, अचार, तितौरा, जाम, अमिलो धूलो लगायतका बिभिन्न परिकारको लागि लप्सी बोटबाटै लप्सी खरीद गरेका छन । लप्सी उत्पादक कृषकहरुलाई उक्त संस्थाले बोटबाटै मूल्य गरेर लप्सी खरीद गरिदिने गरेका कारण जिल्लाका धेरै जसो गाउँमा फुटकरमा लप्सी किन्न पाईँदैन । बाटोमा हिँड्ने बटुवाहरुले रुखभरी लप्सी त देख्छन तर झारेर वा मागेर पाउँदैनन् । “रुखमा लप्सीका दाना लागे लगत्तै बोटबाटै यति पैसा भनेर बेचिन्छ फुटकर किन्न आउनेलाई बेच्नै मिल्दैन ।

संस्थाका मान्छेले पहिले नै बोटबाटै किनिसकेका हुन्छन ।” फलेवास नगरपालिका वडा नं. ३ शंकरपोअरीका कृषक मेकबहादुर भण्डारीले भने । घरमा खाने अचार बनाउनको लागि लप्सी खरीदका लागि गाउँमा गएका सदरमुकाम कुश्मा बजारका इनर््द्र शर्मा भन्छन, “अलिकति लप्सी ल्याएर अचार बनाउनुप¥यो भनेर गाउँ गएको, गाउँमा त बोट बाटै लप्सीको खरीद भैसकेको रहेछ ।

रित्तै हात फर्किएँ ।” जिल्लामा उत्पादित लप्सी मध्ये केही जिल्लामा नै प्रशोधन हुन्छ भने ठूलो परिमाणमा पोखरा, नारायणगढ, काठमाण्डू लगायतका ठाउँमा निर्यात हुने गरेको छ । लप्सी खरीदकै लागि जिल्लाको थापाठाना पुगेका सामुदायिक खाद्य प्रशोधन उद्योगका संचालक भुषाल भन्छन, “अघिल्लो बर्ष प्रशोधनपछि बिभिन्न ४० टन बिभिन्न परिकार बनाईएको थियो । यस बर्ष ६० टन पुग्ने आशा छ ।

अघिल्लो बर्ष क्यान्डी, जाम र तितौरा गरेर १० क्वीन्टल जति अमेरिका निर्यात गरेको थिएँ, यस बर्ष कति जान्छ हेरौँ ?” लप्सी खरीदकै लागि पर्वत आईपुगेका अर्का व्यपारी नारायणगढका व्यवपारी खिलप्रसाद शर्मा भन्छन, “मैले हरेक बर्ष पर्वतबाट लप्सी खरीद गरेर लैजान्छु । नारायणगढमा यो सिजनमा लप्सी राम्रो सेल हुन्छ । त्यहांका स्थानीय र साना ब्यपारीलाई पनि मैले लप्सी दिने गरेको छु ।”

शर्मा जस्तै अन्य धेरै खरीद कर्ताहरुले कात्र्तिक मङ्सिरमै बोट आप्mनो नाममा बनाएपछि यही समयमा लप्सी झारेर लैजान कामदार सहित गाउँ गाउँमा पुग्छन् । उनीहरुले प्रति किलो २५ देखि ३० रुपैयाँको दरमा लप्सी खरीद गर्ने गरेका छन । औषतमा एउटा बोटमा झण्डै ४ क्विन्टल सम्म लप्सी फल्ने गरेको ब्यवारीहरुको भनाई छ ।

लप्सी उत्पादनमा देशमा नै चिनिने पर्वतका मुडिकुवा, शंकरपोखरी, थापाठाना, भंगरा, ठानामौला, लिमिठाना, कुर्घा, खानीगाउँ, ठूलीपोखरी लगायतका दर्जनौँ ठाउँहरुमा सबैभन्दा बढी लप्सी फल्ने गरेको छ । जिल्लामा बर्षेनी झण्डै १४ हजार मेट्रीक टन लप्सी उत्पादन हुने गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्