रहस्यवादी वांगाको यो वर्षको भविष्यवाणी



सोफिया, (एजेन्सी)
अमेरिकामा भएको सेप्टेम्बर ११ आक्रमण, आईएसआईएसको उदय, बक्सिङ डेको सुनामी र ब्रेक्जिट थुप्रै विषयमा सटिक भविष्यवाणी गरेका एक अन्धा रहस्यवादीले सन् २०१८ का २ महत्वपूर्ण घटनाको पूर्वानुमान गरिसकेका छन्।
सन् १९९६ मा ८५ वर्षमा निधन भएका बल्गेरियन बाबा वांगा विवादास्पद भविष्यवाणीका लागि चर्चित मानिन्छ। उनले प्राकृतिक प्रकोप तथा चर्चित विश्व घटनाहरूलाई लिएर धरै अगाडि नै बताएर गएकी थिइन्।‘बाल्कनका नोस्ट्राडमस’ उपनामले चिनिएकी उनी मर्नुभन्दा अगाडि बाबाले ५१ शताब्दीसम्मका लागि भविष्यवाणी छोडेर गएकी छिन्। उनको विश्वास के छ भने त्यतिबेला धर्तीको अन्त्य हुनेछ।
सन् २०१८ को वर्षलाई लिने हो भने उनले यो वर्षका लागि २ वटा विश्व परिवर्तनकारी घटनाको भविष्यवाणी गरेकी छिन्। त्यसमा पहिलो चीन विश्वको महाशक्ति बन्नेछ र उसले अमेरिकालाई पछाडि पार्नेछ। अर्को शुक्र ग्रहमा उर्जाको अर्को रूप पत्ता लाग्नेछ।
चीनको अर्थतन्त्र विगत केही वर्षदेखि नै एक नासले बिस्तार भइरहेको छ। सन् १९७० मा उक्त देशले विश्वअर्थतन्त्रको ४ दशमलव १ प्रतिशत हिस्सा मात्र ओगटेको थियो। तर यो सन् २०१५ सम्ममा बढेर १५ दशमलव ६ प्रतिशत पुग्यो र यसको बढ्ने क्रम जारी छ।
अझै पनि यसले अमेरिकालाई उछिनेको छैन तर छिट्टै उछिन्ने पक्का छ। सन् २०१५ मा अमेरिकाको विश्वअर्थतन्त्रमा १६ दशमलव ७ प्रतिशत हिस्सा रहेको थियो तर सन् २०२५ मा यो खस्केर १४ दशमलव ९ मा समेटिने फोब्र्सले जनाएको छ।
शुक्र ग्रहको प्रसंगलाई कोट्याउने हो भने तत्काललाई त्यसतर्फ अन्तरिक्ष अभियान पठाउने कुनै योजना अगाडि देखिँदैन। यद्यपि खगोल भौतिकशास्त्री युजिन पार्करको नाममा बनेको पार्कर सोलार प्रोबलाई सन् २०१८ जुलाइमा प्रक्षेपण गर्ने योजना छ र यसले सूर्यको बाहिरी कोरोनाका अनुसन्धान गर्नेछ।
यो यान शुक्र ग्रहमा अवतरण हुने छैन तर यसले सूर्यनजिक पुग्नका लागि उक्त ग्रहको गुरुत्वाकर्षणको प्रयोग भने गर्नेछ।
उक्त यानले सौर्य आँधीको स्रोतमा हुने चुम्बकीय क्षेत्रको संरचना निक्र्योल गर्ने, सूर्य वरपरको प्लाज्मालाई तताउने उर्जाको बहाव खोजी गर्ने र धुलाम्य प्लाज्मा तथा सौर्य वायुमा त्यसको प्रभाव एवं उर्जायुक्त पदार्थको निर्माणको अनुसन्धान गर्ने उद्देश्य राखेको छ।
बाबा वांगाले सन् २००१ सेप्टेम्बर ११ आक्रमणको भविष्यवाणी गरेको भनिन्छ। उनले ‘दुईवटा स्टिल चरा’ ले ‘अमेरिकी दाजुभाइ’ माथि आक्रमण हुने दाबी गरेकी थिइन्। उनले भनेकी थिइन– ‘डरलाग्दो आतंक’ स्टिल चराहरूको आक्रमणले अमेरिकी दाजुभाइ गिर्नेछन्। ब्वाँसाहरू झाडीबाट कराउनेछन् र निर्दोषहरूको रगत बग्नेछ।
उनले ब्रक्जिटको पनि आभास पाएकी थिइन्। उनले प्रष्ट रूपमै सन् २०१६ को अन्त्यसम्म मात्र युरोपको त्यो प्रारूप रहने बताएकी थिइन्। उनले कट्टरपन्थी मुश्लिम सेनाको उदय हुने र त्यसले युरोपमा आक्रमण गर्ने चेतावनी दिएकी थिइन्। उनको यो भविष्यवाणीलाई आईएसआईएसको उदयसँग जोडेको छ।
यद्यपि गतवर्ष बाराक ओबामा अन्तिम अमेरिकी राष्ट्रपति हुने उनले बताएको दाबी गरिएको थियो। जसअनुसार केहिले डोनाल्ड ट्रम्पले पदको सपथ ग्रहण गर्न नपाउने गलत विश्वास गरेका थिए।
बाबाको अन्य भविष्यवाणीमा सन् २०२८ सम्ममा विश्वबाट भोकमरीको अन्त्य हुनेछ। सन्. २२५६ सम्ममा परमाणु हतियारको माध्यमबाट मंगलग्रहमाथि उपनिवेश कायम हुनेछ र सन् २३४१ सम्ममा पृथ्वी मानवविहीन हुनेछ।
बाबाका भविष्यवाणीहरू
– सन् २०२५ देखि २०२८को बीचमा विश्वव्यापी भोकमरी अन्त्य थालिनेछ।
– सन् २०३३ देखि २०४५ सम्ममा ध्रुवीय हिँउ पग्लिनेछ। त्यसले समुद्रको सतह बढ्नेछ। त्यहिबेला मुश्लिमले युरोपमा शासन गर्नेछ र विश्वको अर्थतन्त्रमा वृद्धि हुनेछ।
– क्लोनिङ प्रविधिको विकासले चिकित्सकहरू कुनै पनि रोगको उपचार गर्न सक्षम हुनेछन्। अमेरिकाले मुश्लिम रोममाथि ‘तत्काल जम्ने’ मौसममा आधारित हतियारबाट आक्रमण गर्नेछ।
– सन् २१७० देखि २२५६ सम्ममा मंगलग्रह कोलोनी परमाणु शक्तिबाट लैस हुनेछ र पृथ्वीबाट स्वतन्त्र हुन माग गर्नेछ। पुनः पृथ्वीमा फर्केर पानीभित्र शहरहरू निर्माण गर्नेछ र बाह्य ग्रहको खोजका क्रममा अच्चम्मका कुराहरू फेला पर्नेछन्।
– सन् २२६२ देखि २३०४ सम्ममा समय यात्रा सम्भव हुनेछ।
– सन् २३४१ बाट प्राकृतिक तथा मानव निर्मित प्रकोपका कारण पृथ्वी बसोबास अयोग्य हुनेछ। तर मानव अर्को सौर्य प्रणालीमा जान सक्षम हुनेछ र भयंकर युद्ध हुनेछ।
– सन् ४३०२ देखि ४५७४ बाट मानव अमर हुनेछ र बाह्य ग्रहका प्राणीसँग घुलमिल हुनेछ। ब्रम्हण्डभरि फैलिएर बसेका ३ खर्ब ४० अर्ब मानिसले ईश्वरसँग कुरा गर्न सक्नेछ।
– सन् ५०७९ मा ब्रम्हण्डको अन्त्य हुनेछ।

प्रतिक्रिया दिनुहोस्