गृहमन्त्रीको भनाइ विवादास्पद



इस्तानबुल, (एजेन्सी)
प्रहरीले विद्यालयबाहिर देखिने ड्रग डिलरहरुको खुट्टा भाँच्नुपर्छ भन्ने टर्कीका गृहमन्त्री सुलयमान सोयलुको भनाइको बिहीबार व्यापक आलोचना भएको छ। तुर्केली मानव अधिकार संगठन (आईएचडी) र धर्म निरपेक्ष विपक्षी अखबार कमहुर्रियतले सोयलुलाई अपराध कार्य गर्न उक्साएको आरोप लगाएका छन्।

साथै उनलाई आफ्नो गल्ती स्वीकार्न आब्हान गरिएको छ। टर्कीको राजधानी अंकारामा आयोजित सुरक्षा विषयक बैठकमा बोल्दै उनले भनेका थिए– ‘यदि लागूऔषध कारोवासी कुनै विद्यालयनजिक देखिएमा त्यसको खुट्टा भाँच्नु एक प्रहरीको कर्तव्य हो।’

यदि यसको वापत १० वा २० वर्ष लामो कारवास सजाय भोग्नुपरे पनि त्यसका लागि हामी भुक्तानी गर्छौं। उनले सन् २०१७ सुरक्षा फौजले २० टन हेरोइन बरामद गरेको जानकारी पनि दिएका छन्। साथै उनले टर्कीले कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लडाकूसँग जस्तै ड्रग्स डिलरहरुसँग पनि त्यसरी नै लड्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्