सहायक रथी विष्ट सैनिक हिरासतमा



नेपाल समाचारपत्र
काठमाडौं
बैंकिङ कसुर लागेका नेपाली सेनाका सहायक रथी डा. रमेश विष्टलाई सैनिक हिरासतमा राखेको छ। डा. विष्टलाई उपत्यका पृतना कार्यालय नारायणहिटी राखेर सेनाले कोर्ट मार्सल शुरू गरेको हो।

कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा सहायक रथी विष्ट पनि मुछिएका थिए। न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान शुरू भएको सैनिक मुख्यालय स्रोतले जानकारी दियो।

बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख हिनामिना भएको थियो। प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार सहायक टेलर दीपिका रेग्मी हुन्। उनको मायाजालमा फसेर डा. विष्टले उक्त रकम आफ्नो खातामा राख्न अनुमति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्