पैसा खुवाएर प्राधिकरणको जागिर !



काठमाडाैं। नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइदिने भनी ठगी गर्ने कार्यमा संलग्न २ जनालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ३७ वर्षीय कानुन व्यबसायी जयप्रकाश दास र काठमाडौं नयाँबानेश्वर शान्तिनगर बस्ने सिराहाको भगवानपुर गाउँपालिका–२ का ४३ वर्षीय अशोककुमार मुखिया प्रकाउ परेको प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणमा सिनियर मिटररिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग जयप्रकाशले आफु श्रम मन्त्रालयको कर्मचारी हुँ भनि प्राधिकरणका जिएम लगायतका ठूला कर्मचारी चिनेको छु, खर्च गरेमा जागिर लगाइदिन सक्छु भन्दै ठगी गरेको बताइएको छ । उनले आफ्नो बैंक खाता मार्फत १० लाख रुपैयाँ ठगी गरी दुवैजना सम्पर्क विहिन भएको प्रहरीले बताएको छ । पछि खोजतलासको क्रममा अशोकलाई पुस १७ गते काठमाडौं सिनामंगलबाट र जयप्रकाशलाई पुस १८ गते प्रहरीले पक्राउ गरेको थियो । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्