पुलिस र मध्यमाञ्चलको जित



काठमाडौं, (नेस) । नेपाल पुलिस क्लबले जारी महिला राष्ट्रिय लिग फुटबल च्याम्पियनसिपमा संघर्षरत जित हात पारेको छ ।
विभागिय टोलीले मंगलबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा प्रतिद्वन्द्वी सुदुरपश्चिमाञ्चललाई २–१ ले हराएको हो । अर्को खेलमा भने मध्यमाञ्चलले पूर्वाञ्चललाई ४–० गोल अन्तरले हराएर प्रतियोगितामा पहिलो जित हात पा¥यो ।
पुलिसविरुद्ध चन्द्रा भण्डारीले १६ औं मिनेटमा गोल गरेर सुदुरलाई अग्रता दिलाइन् । तर पुलिसले दोस्रो हाफमा दुई गोल फर्काएर संभावित जित टारेको थियो । टोलीका लाग नीरु थापाले ५७ औं मिनेटमा र ६५ औं मिनेटमा निर्मला उपाध्यायले गोल गरे ।
यस्तै मध्यमाञ्चलले एकहोरो जित हासिल गर्दा रश्मीकुमारी घिसिङले दुई गोलको योगदान दिइन् । उनले पहिलो हाफ र दोस्रो हाफमा एक–एक गोल गरेकी हुन् । त्यस्तै कप्तान मेनुका नगरकोटीले ३२ औं मिनेटमा र सबिता रानामगरले ६१ औं मिनेटमा गोल थपेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्