रोनाल्डोलाई चौथोपटक ‘ग्लोब सकर’ अवार्ड



दुबई, (एजेन्सी)
स्पेनिस फुटबल क्लब रियल मेड्रिडका पोर्चुगीज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो पटक ँग्लोब सकर बेस्ट फुटबलरँ को अवार्ड जितेका छन्।

योसँगै उक्त उपाधि रोनाल्डोले चौथो पटक जितेका हुन्। रोनाल्डोको दमदार खेल प्रदर्शनका कारण नै रियल मेड्रिड क्लब यो वर्ष च्याम्पियन्स लिगको उपाधि रक्षा गर्न सफल भएको हो। ३२ वर्षीय रोनाल्डोले यो वर्ष पाँचौ पटक बेलोन डे ओर, यूएफा बेस्ट प्लेयरका साथै फीफा बेस्ट फुटबलरको अवार्ड पनि पाएका छन्।

ग्लोब अवार्ड्स जितेपछि रोनाल्डोले उक्त क्षण विशेष रहेको बताए। उनले भने–’यो मेरो लागि वास्तवमै विशेष क्षण हो र यो अवार्ड पाएर म निक्कै खुसी छु।’ मेरो यो सफलताका लागि मेरो टिम र कोचको पनि ठूलो हात छ। जसको लागि म सबैलाई धन्यवाद दिन चाहन्छु।“ रोनाल्डोले यस वर्ष ४२ गोल गरेका छन्।

उनले यसअघि सन् २०११, २०१४ र २०१६ मा गरी तीन पटक उक्त अवार्ड जितेका थिए। ट्रफी प्राप्त गरेका रोनाल्डोले इटालीबाट एउटा भिडियो समेत जारी गरेका छन्। जसमा उनले ठट्टा गर्दै आफ्नो दराजमा अझै धेरै ट्रफी अटाउने ठाउँ रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्