कूकको एमसीजीमा इतिहास



मेलबर्न, (एजेन्सी)
इंग्ल्यान्डका एलेस्टेर कूक मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी) मा सर्वाधिक व्यक्तिगत रन जोड्ने भ्रमणकारी ब्याटसम्यान बनेका छन् ।

३३ वर्षीय कूकले एसेसअन्तर्गत चौथो टेस्टमा २ सय ४४ रनमा नटआउट हुँदै सर भिभियन रिचर्डस्को ३३ वर्ष कै लामो रेकर्डलाई समेत पछाडि पारे । वेस्ट इन्डिजका लिजेन्ड रिचर्डस्ले सन् १९८४ मा यही एमसीजीमा अस्ट्रेलियाविरुद्ध २ सय ८ रन जोडेका थिए । यसपछि कूकले सो रेकर्ड नतोडुन्जेल त्यहाँ कोही पनि भ्रमणकारी ब्याटसम्यानले रिचर्डस्को रेकर्ड पार गर्न सकेका थिएनन् ।

यसैगरी कूकले अर्का वेस्ट इन्डिजका लिजेन्ड ब्याटसम्यान ब्रायन लारालाई पनि पछि पारेका छन् । टेस्ट कूकको दोहोरो सतकको सहयोगमा इंग्ल्यान्ड जारी एसेसमा ह्वाइटवाश हुनबाट समेत जोगिने संभावना बढेको छ । साथै टोली अस्ट्रेलियामा लगातार आठौं टेस्टमा हार हुनेबाट वंचित हुने तरखरमा पनि छ । तीन टेस्ट हारेर एसेस गुमाएको इंग्ल्यान्डले चौथो टेस्टमा अस्ट्रेलियाविरुद्ध १ सय ६४ रनको अग्रता लिइसकेको छ । तेस्रो दिन बिहीबार स्टम्प हुँदा इंग्ल्यान्ड ९ विकेटको क्षतिमा ४ सय ९१ रनमा रह्यो । घरेलु टोली पहिलो इनिङमा ३ सय २७ रनमा अलआउट भएको थियो ।

यसैगरी कूकले अर्का वेस्ट इन्डिज लिजेन्ड ब्रायन लारालाई पनि पछि पारेका छन् । टेस्टमा सर्वाधिक रन बनाउने सूचीमा उनले कूल ११ हजार ९ सय ५६ रन जोडेर नवौंबाट छैटो स्थान कब्जा जमाउँदा लारा तीन रनले पछि परेका हुन् । कूकले लाराको लागि क्षमा समेत भन्दै बताए—इमान्दारीका साथ भन्नुपर्दा लाराको लागि क्षमा भएको महसुस गरे । तर आफनो नाम अगाडि भएपछि यो विशेष क्षण पनि बन्यो ।

एमसीजीमा दोहोरो सतक प्रहार गर्ने पहिलो इंग्लिस ब्याटसम्यान बनेका कूकको यो आफनो पाँचौं दोहोरो सतक समेत थियो । उनलाई स्टुअर्ट ब्रोडले अन्तिम विकेटका लागि नटआउट एक सय रनको साझेदारीमा सहयोग गर्नाले पनि कूकले एमसीजीमा इतिहास रच्न सहज भयो । त्यस्तै ५६ रनमा नटआउट रहेका ब्रोड टेस्ट क्रिकेटमा १० औं नम्बरका ब्याटसम्यानले अर्धसतक प्रहार गर्नेमा क्रिस लेविसपछि दोस्रो इंग्लिस खेलाडी बने । लेविसले सन् १९९१ को टेस्टमा ६५ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्