माउन्टग्लोरीलाई उपाधि



काठमाडौ, (नेस)
छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिता अन्तरगत सिनियर छात्रको फाइभ ए साईड फुटबलमा माउण्टग्लोरी च्याम्पियन बनेको छ । बिहीबार भएको फाइनल खेलमा माउण्टग्लोरीले दि एक्सेलसियरलाई ७–३ गोल अन्तरले हरायो । दिपेश गुरुङको चार गोलको योगदानमा टोलीले उपाधि जित्न पाएको थियो । जुनियर छात्रतर्फ राजश्री गुरुकुलले किट्स लनिङलाई ३–० गोलले पछि पादै च्याम्पियन बन्यो । बास्केटबलतर्फ सिनियर छात्रातर्फ स्किब्सले जेनितमाथी २४–२२ को स्कोरमा स्तब्ध बनाउदै उपाधि जित्यो । त्यस्तै सिनियर छात्रतर्फ उत्कृष्ट खेलाडी चुनिएका पेम्बा शेर्पाको ४३ अंकको सहयोगमा विल्सनले रेडिअन्टलाई ६१–५५ ले हराउदै च्याम्पियन बन्यो ।

प्रतिक्रिया दिनुहोस्