शिक्षक संगठन पर्वतमा अधिकारी निर्वाचित



पर्वत(नेस) । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट चिरञ्जिवि अधिकारीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएका छन् । अधिकारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी तेजबहादुर कार्किलाई ४५ मतको अन्तरले बिजयी हात पार्नुभएको हो ।अधिकारीले २ सय ७६ र कार्किले २ सय ३१ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै उपाध्यक्षमा एकनाथ शर्मा, महिला उपाध्यक्षमा गितादेवि शर्मा घिमीरे सचिबमा सुरेन्द्रप्रसाद गौतम, सहसचिबमा कमलाकुमारी शर्मा र कोषाध्यक्षमा आनन्दप्रसाद रिमाल तथा सहकोषाध्यक्षमा सिताकुमारी शर्मा निर्वाचित हुनुभएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दुर्गाप्रसाद पौडेल महेश्वर शर्मा, कृष्णप्रसाद पराजुली र उपेन्द्रबहादुर थापा निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा, शारदाकुमारी शर्मा, झकप्रसाद सापकोटा, बिजय पौडेल, हरिप्रसाद भुसाल, गोविन्दप्रसाद शर्मा, रमा भुषाल, भगवतीकुमारी क्षेत्री, हुमाकुमारी शर्मा, सृजना जिसी, कमला पौडेल, सुनिता तिवारी, इन्द्रप्रसाद सुवेदी, देवेन्द्र पौडेल, सन्तोष पौडेल, दुर्गाप्रसाद गौतम, सुजन गौतम निर्वाचित हुनुभएको निर्वाचन अधिकृत भोलानाथ शर्माले जानकारी दिनुभयो ।
सहमतिबाटै नेतृत्व चयनका लागि प्रयास भएको भएपनि आकांक्षीहरुको संख्या धेरै भएकाले निर्वाचननै गर्नुपरेको शर्माले बताउनुभयो ।
यसैबीच अध्यक्षमा बिजयी अधिकारीले पर्वत जिल्लाको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न र शिक्षकहरुको हक हितका निम्ति सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्