सीजीको ब्लेज जी बजारमा



काठमाडौं, (नेस)
चौधरी ग्रुपअन्तर्गतको ब्रान्ड सीजी मोबाइल्सले ब्लेज जी नामक नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।

ब्लेज जी सिरीजअन्तर्गत उक्त स्मार्टफोनमा ५ मेगा पिक्सेलको रियर क्यामरा र एलइडी लेन्स सहित २ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। कम्पनीका अनुसार ब्लेज जीमा अटो एचडीआर, पानारोमा, फेस ब्युटी, अटो नाइट मोड, अटो सिन डिटेक्सनलगायतका थप विशेषता रहेको छ। ब्लेज जीमा ४ इन्चको डिस्प्ले र २ दशमलव ५ इन्चको कभर्ड ग्लास प्यानल जडान गरिएको छ।

क्वाडकोर प्रोसेसरयुक्त ब्लेज जीमा १ जिबी र्याम, ८ जिबी रोम रहनुका साथै ग्राहकले ३२ जिबीसम्मको थप मेमोरी राख्न सक्ने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार ब्लेज जीको नेपाली बजारमा मूल्य ५ हजार ६ सय ९९ रुपियाँ तोकिएको छ।

यो विधाका फोनमा गुगल मान्यता प्राप्त एन्ड्रोइड प्रणाली रहेको ब्लेज जी नेपाली बजारमा ल्याइएको प्रथम फोन हो।

प्रतिक्रिया दिनुहोस्