उद्घाटन खेलमा सुनसरी–११ बिजयी



नेपाल समाचारपात्र
पाँचथर
पाँचथरको फिदिममा शुक्रबार शुरु भएको नवौं रुसलान फाल्गुनन्द गोल्ड कप फुटबल प्रथियोगितामा सुनसरी ११ ले विजयी सुरुवात गरेको छ।
प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा डिभाइन ब्वाइज यूनियन काठमाडौंलाई ३–० ले पाखा लगाउँदै सुनसरी ११ ले क्वाटर फाइनलको यात्रा तय गरेको हो।
खेल शुरु भएको ४ मिनेटमै सुनसरीका हेमन्त मगरको कर्नर प्रहारबाट आएको बललाई तिर्थ बस्नेतले जाली चुमाएर गोलको खाता खेोलेका थिए।

एक गोलले अघि बढेको सुनसरीका लागि पुन बस्नेतले ३३औ. मिनेटमा दोस्रो गोल गरेका थिए। यस्तै खेलको ६५ औं मिनेटमा सुनसरीकै सुजन याक्खाले सुनसरीतर्फबाट तेस्रो गोल गर्न सफल भए।

खेलमा म्यान अफ द म्याचको सुनसरीका तिर्थ बस्नेतले घोषित भए। शनिबारको खेल डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेड क्लब झापा र मिशन युनाइटेड क्लब ताप्लेजुङबीच हुनेछ।
यसअघि खेलको उद्घाटन नवविर्वाचित पाँचथरका प्रतिनिधी सभा सदस्य बसन्तकुमार नेम्बाङले गर्नु भएको थियो। प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। प्रतियोगितामा बिजेताले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छन भने उपबिजेताले नगद २ लाख प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्