पाँच दलको बैठक निष्कर्षबिहीन, देउवा सरकार छाड्न तयार !



काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पाँच दलको बैठक निष्कर्षबिहीन भएको छ । राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन प्रधानमन्त्रीले बोलाएको बैठकमा कुनै सहमति हुन सकेन । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस अध्यादेशमा सहमति खोजेकामा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले देउवालाई समर्थन गरेका छन । देउवाको प्रस्तावको एमाले र माओवादीले भने बिरोध जनाएको छ । बैठकमा एमाले र माओवादीका नेताहरुले देउवालाई नयाँ सरकार गठनको बाटो नरोक्न आग्रह गरेका छन । तर, कांग्रेस नेताहरुले भने राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भन्दै राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नु पर्नेमा जोड दिएका छन् । बैठकमा देउवाले आफू चाँडो भन्दा चाँडो सरकारबाट मुक्त हुन चाहेको बताएको बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधीले बताए ।

प्रतिक्रिया दिनुहोस्