घुस लिँदालिँदै समातिय मालपोत कार्यालयका दुई कर्मचारी



नेपाल समाचारपत्र, काठमाडौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।
कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्