मेगा ड्रिम सहकारीको साधारणसभा सम्पन्न



काठमाडौं, (नेस)
मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले ३ करोड ६१ लाख ८ हजार ९ सय ५० रुपियाँ नाफा गरेको छ। संस्थाको सातौं वार्षिक साधारणसभाका अवसरमा उक्त जानकारी दिइएको थियो।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेले शेयरमा ३८ प्रतिशत वृद्धि गर्दै आर्थिक वर्ष २०७३ ⁄७४ मा ७ करोड ३९ लाख ८४ हजार ३ सय रुपियाँ शेयर पुँजी पुर्याएको बताउनुभयो। आव २०७२⁄७३ मा ५ करोड ३७ लाख ६१ हजार ८ सय रुपियाँ थियो।

संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले संस्थाले अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्धि गरी ४५ करोड ३७ लाख २ हजार ९ सय १४ रुपियाँ बचत संकलन भएको जानकारी दिनुभयो। संस्थाले अघिल्लो आवको तुलनामा १२६ प्रतिशतले वृद्धि गरी १ करोड ११ लाख ६५ हजार ८ सय ७९ रुपियाँ जगेडा तथा अन्य कोषको व्यवस्था गरेको छ भने १४९ प्रतिशतले वृद्धि गर्र्दै २ करोड ७ लाख ३४ हजार ३ सय ६७ रुपियाँ कर्जा जोखिम व्यवस्था गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले स्थानीय तहमा एक व्यक्ति एक प्रकृतिको सहकारीको व्यवस्था सहकारी अभियानकै पहलमा भएको बताउनुभयो।

‘यस्तो व्यवस्थाले सहकारीमा विकृति रोकिन्छ, यसलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्छ,’ उहाँले भन्नुभयो। त्यस्तै डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुख आनन्द सारुले दिगो आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्