कोहली ५ हजार रन क्लबमा



नयाँदिल्ली, (एजेन्सी)
भा रतीय कप्तान विराट कोहलीले टेस्ट क्रिकेटको ५ हजार क्लबमा आफूलाई उभ्याएका छन्। श्रीलंकाविरुद्धको तेस्रो टेस्टअन्तर्गत शनिबार कोहलीले ५ हजार रन पूरा गरेका हुन्। दिल्लीमा भएको सो टेस्टमा कोहली र मुरली विजयबाट शतक प्रहार भएपछि भारत बलियो स्थितिमा पुगेको छ। मुरली १ सय ५५ रनमा आउट हुँदा कोहली १ सय ५६ रनमा नटआउट रहेका छन्। भारतले पहिलो दिनको खेल समाप्तिसम्ममा ४ विकेटको क्षतिमा ३ सय ७१ रन जोडेको छ।

कोहलीले व्यक्तिगत २५ रनमा पुग्दा ५ हजार रन पूरा गरेका थिए। उनी ५ हजार रनको क्लबमा पुग्ने ११औं भारतीय ब्याट्सम्यान हुन्। साथै सबैभन्दा छिटो ५ हजार रन पूरा गर्नेमा उनी चौथो भारतीय ब्याट्सम्यान बनेका छन्। सुनील गावस्करले ९५, वीरेन्द्र सेहवागले ९९ र सचिन तेन्दुलकरले १९३औं इनिङमा ५ हजार रन छोएका थिए।

त्यस्तै कोहलीले १०५औं इनिङ खेलेर २०औं टेस्ट शतक प्रहार गरेका छन्। टेस्ट क्रिकेटतर्फ कम इनिङमा शतक संख्या २० अंकमा पुर्याउनेमा उनी विश्वका पाँचौं ब्याट्सम्यान हुन्। उनीभन्दा अगाडि अस्ट्रेलियाका डन ब्रेडम्यान (५५), भारतका सुनील गावस्कर (९३), अस्ट्रेलियाका म्याथ्यु हेडन (९५), अस्ट्रेलियाका स्टिभ वाग (९९) रहेका छन्।
यसअघि शिखर धवन २३ रनमा दिलरुवान पेरेराको बललाई स्विप गर्ने क्रममा दीप स्क्वायर लेगमा क्याच आउट भएका थिए। पेरराको यो टेस्टमा १ सयौं विकेटसंख्या पनि हो। उनले २५ इनिङबाट १ सय विकेट लिएर मुथैया मुरलीधरणको रेकर्ड तोडेका छन्। मुरलीधरणले २७ इनिङबाट १ सय विकेट लिएका थिए। यसपछि चेतेश्वर पुजारा लाहिरू गेमेजको बलमा सदिरा सामारा विक्रमालाई लेग स्लिपमा क्याच दिएर धवनकै स्कोरमा पवेलियन फर्केका थिए। यतिबेला घरेलु टोली २ विकेटको नोक्सानीमा ७८ रनमा थियो।

तर, मुरली र कोहलीले तेस्रो विकेटका लागि २ सय ८३ रन साझेदारी गर्दै आफ्नो टोलीको ब्याटिङ सशक्त बनाए। यो साझेदारीलाई लक्षण सान्डाकानको ग”गलीमा टुटिएको थियो। मुरली निरोसन डिकवालाद्वारा स्टम्प भएका थिए। सन्डाकानले यही जुक्ति अपनाएर आजिन्क्य राहाणेलाई पनि टिक्न दिएनन्। राहाणे एक रनमै सीमित भए।

प्रतिक्रिया दिनुहोस्