अमेरिकी आक्रमणमा थुप्रै सर्वसाधारण मारिए



वासिङ्टन, (एजेन्सी)
अमेरिकी नेतृत्वमा इराक र सिरियामा भइरहेको हवाई हमलामा धेरै संख्यामा सर्वसाधारणको मृत्यु भइरहेको अमेरिकी सरकारी अधिकारीहरूले बिहीबार बताएका छन्। अमेरिकी सेनामाथि निर्दोषहरूको हत्याकार्यमा कम होसियार रहेको आरोप लगाइरहेका बेला सरकारीस्तरमा नै यो पुष्टि गरेको हो।

सन् २०१४ को उत्तरार्धमा इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) समूहलाई परास्त गर्न चालिएको सैनिक कारबाहीमा कम्तीमा ८ सय १ जना सर्वसाधारण मारिएको कुरा अमेरिकी नेतृत्वमा रहेको संयुक्त गठबन्धन फौजले गत अक्टोबरमा प्रकाशित यससम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएको छ।

सो गठबन्धनले पछिल्लो समयमा सो संख्या बढेर ७ सय ८६ पुगेको जनाइसकेको छ। आईएसविरुद्धको कारबाही शिथिल हुन पुगेको कारण नयाँ आक्रमणको घटना पनि नाटकीय ढंगले घट्न पुगेको छ।
फलतः बिहीबार मात्र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सिरियाको राका पुनः कब्जा गर्न स्थानीय फौजलाई सघाइरहेका ४ सय जना सैनिकलाई स्वदेश फर्कन आह्वान गरेको थियो।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता सर्वसाधारण मारिने संंख्या तुलनात्मक रूपमा वृद्धि भएको पाइएको छ। तर युद्ध अनुगमन समूह एयरवार्सले अहिलेसम्म अमेरिका नेतृत्वमा सिरि र इराकमा भएका हवाई आक्रमणमा कम्तीमा ६ हजार निर्दोष गैरसैनिकको मृत्यु भइसकेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्