शक्तिशाली महिला इवान्का



वासिङ्टन, (एजेन्सी)
अमेरिकी प्रथम पुत्री तथा राष्ट्रपतिका सल्लाहकार इवान्का ट्रम्पले यसै हप्ता भारत भ्रमणका क्रममा एकजना कूटनीतिज्ञको भूमिकामा देखिएको र उनको गतिविधिलाई हेरेर केही व्यक्तीले उनलाई ‘विश्वकै सबैभन्दा शक्तिशाली महिला’को उपाधि दिएका छन्। हैदरावादमा आयोजित तीन दिवसीय ग्लोबल इन्टरप्रेरनरसिप समिटमा प्रथम पुत्रीको परिचय दिँदै भारतीय अधिकारी केटी रामारावले उक्त उपाधिको प्रयोग गरेका थिए। अन्य सहभागीहरूले पनि इवान्कालाई रकस्टारका रूपमा टिप्पणी गरेका थिए। भारतीय सामाजिक लगानीकर्ता निसिता मन्नेले इवान्का विश्वकै सबैभन्दा शक्तिशाली महिलामध्यको एक भएको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्