हाउजिङ ब्लकमा आगलागी



बेइजिङ, (एजेन्सी)
चीनको राजधानी बेइजिङ स्थित दक्षिणी जिल्लामा रहेको एउटा हाउजिङ ब्लकमा आगलागी हुँदा १९ व्यक्तिको ज्यान जानुका साथै अन्य ८ जना घाइते भएको सरकारी सञ्चार माध्यम सिन्≈वाले आइतबार जनाएको छ।

शनिबार राति लागेको सो आगो निभाउन अग्नि नियन्त्रकहरूलाई घन्टौं लागेको थियो। सो आगलागीको कारण थाहा हुन सकेको छैन। तर बेइजिङ प्रहरीले यस सम्बन्धमा थुप्रै आशंकित व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

विशेष गरी भित्री प्रान्तहरूबाट आएका आप्रवासीहरू बसोबास गर्ने क्षेत्र दाक्सिंग जिल्लामा आगलागी भएको हो। आगलागी भएको क्षेत्रमा थुप्रै साना कपडा उत्पादन कारखाना पनि रहेका छन्। सो आगो निभाउन ३० वटाभन्दा बढी बारुणयन्त्र र १४ वटा अग्निनियन्त्रण टोलीले ३ घन्टाभन्दा लामो समयसम्म संघर्ष गरेका थिए।

अग्नि विभागले आगलागीका बेला भवनभित्र थुनिएका केही व्यक्तिको अहिले अस्पतालमा उपचार भइरहेको जनाएको छ। सुरक्षा प्रणालीको लापरबाहीका कारण चीनमा पटक–पटक आगलागीका घटना दोहोरिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्