अख्तियारको बयान र अर्यालको रुवाइ



बाच्नु मात्रै पर्छ, के के देख्न पाइन्छ भन्थे २०७२ वैशाख १२ भूकम्पले झन्डै सिध्याइदिएको थिएन, उचाइ जति ढलाइदिए पनि ठुटोचाहिँ अहिले पनि सलक्कै छ धरहराको। ठुटोबाट माथि माथि उठेर हेर्नुपर्ने बाध्यता पनि छ धरहराको। बेला बेलामा धरहरा पनि यसो चियो चर्चो गर्छ। चियो गर्ने क्रममा धरहराको बाइनाकुलर पनि पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालतिर सोझइएको थियो। उनी त अख्तियारले बयान लिन थालेपछि डाँको छोडेर रोएको दृश्यले धरहराको मनपनि कट्क्क खायो। पावरबाट बाहिर निस्केपछि कसैले वास्ता पनि नगर्ने र हिजोसम्म चाकडीमा लाग्नेहरु आज फोन नउठाएको भन्दै उनी धरधरी रोएको दृश्य धरहराबाट देखियो। बिचरा आईजीपी साव हिजो खाने बेलामा आँखा नहेरी खाने तर आज परेपछि कसैले हेरेन भनेर रुनु पनि भएन नि। राम्रो गरे भगवान्ले पनि हेर्छन् नराम्रो गरे भगवान्ले नै श्राप दिन्छन् यसतर्फ आईजी सापको ध्यान जान्छ कि? कि कसो त पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्