श्रीमतीज्यू र तपस्या



 

भनिन्छ श्रीमान् र श्रीमती एक–अर्काका परिपूरक हुन् । अथवा एउटै रथका दुई पाङ्गा हुन् अझ भनौं न एउटै सिक्काका दुई पाटा हुन् । यिनीहरु बीचको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । वर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालको पद सरकारले बेलाबेलामा धरापमा पार्न खोजेपछि उहाँकी धर्मपत्नी⁄अर्धाङ्गिनी अहिले धर्मकर्ममा जुटेको यो धरहराले चाल पाएको छ ।

एउटालाई पर्दा अर्काले सहयोग गर्ने हाम्रो चलन त्यसमाथि पनि आफ्ना पति महोदयको पद नै धरापमा परेको हो कि भन्ने आशंका श्रीमतीलाई लागेपछि उहाँ हिजोआज बुटवलको ओम शान्ति केन्द्रमा गएर ध्यान तपस्या गरेको दृश्य धरहराबाट देखियो । यसरी नर–नारीलाई एक रथका दुई पाङ्गा ठान्ने हाम्रो नेपाली समाजमा प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई आइजीपी सापको पद धरापमा नपारी दिनुहुन यो धरहरा विनम्र अनुरोध गर्दछ । श्रीमान्को पद धरापमा पर्यो भने बेग्लै बस्न पर्ला भनी श्रीमतीज्यूलाई अलग्याउने काम नगरौं भन्ने यसलाई लागेको छ । त्यसका लागि यो प्राणी पनि काशी गएर सयचोटि मुख धोएर आउन तयार छ । कि कसो पाठक वृन्द, अरु केही भए सुझाव पाऊँ है ।

प्रतिक्रिया दिनुहोस्