हर्षउल्लासका साथ मनाइँदै छठ



 

वीरगन्ज, (नेस)
मंगलबारदेखि विधिवत् शुरू भएको छठ पर्वको बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर तराई मधेससहितका जिल्लामा मनाइएको छ।

छठ पर्व वीरगन्जसहित तराईका जिल्लामा मनाइएको छ। वीरगन्जको छपकैया, बजार छपकैया, नगवा, इनर्वा, घडिअर्वा, रानीघाट, पानीटङ्की, मुर्ली, तेजारथटोल, पिपरा, रामगढवा, लक्ष्मणवा र श्रीसिया नदीलगायतका स्थानमा बिहीबार सूर्यको पूजा गरी व्रतालुहरूले छठ मनाएका छन्। छठपूजाको मुख्य दिन षष्ठी अर्थात् साँझ घाटको दिन व्रतालुहरू निर्जल व्रत बस्ने र दिउँसो पवित्र कपडा लगाई पोखरी, नदी, तलाउनिर अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसुवा, केरा, फलपूmल, पान, सुपारी, उखु आदिले अर्घ दिई पूजा गर्ने प्रचलन रहेको छ। षष्टीको भोलिपल्ट सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजाको समापन गरिन्छ। यो दिनलाई पारण भनिन्छ।

प्रतिक्रिया दिनुहोस्