सपनाको शहर



सपना कस्तो हुन्छ? जसले पनि भन्छ सपना सुन्दर हुन्छ। यो भनाइ वा उखान धरहराले लामो समयदेखि सुन्दै आएको हो। धरहराले पनि सपना देखेको छ, त्यस्तै सुन्दर तर त्यो केवल सपनामात्रै हो। विपनामा त कहाँ हुनु धरहराले देखेको सपना। जिन्दगीभर उभिएको धरहरालाई २०७२ साल वैशाख १२ गते पापी भूकम्पले ढलाइदिएपछि त्यसको अवशेष भने अझै केही बाँकी नै छ।

धरहरा त्यै अवशेष आफ्नो अपनत्व हो भनेर स्वीकार गरी त्यही ठाउँमा उभिएको छ। एक रात धरहरा के निदाएको थियो, सपनै सपना देखेर दङ परेको छ। विश्वकै सुन्दर देश नेपाल, त्यसमा पनि काठमाडौं शहर। सपनामा काठमाडौं शहर विश्वकै सबैभन्दा सफा शहर, जता हेरे पनि सुविधै सुविधा, विदेशी खेरै, काले नेपाल आएर बस्ने ठाउँ नपाएर धरहराको फेदमा बसेर सांगीतिक माहोलमा रमाएको, नेपाली दाजुभाइ दिदीबहिनी विदेश जान छोडेर यहाँ नै विदेशी डलर कमाएर विदेशीलाई नेपालमा कामदार बनाएको देखेको धरहरा एकछिन पछिको कोलाहलबाट झल्याँस्स भएपछि कहाँ हुनु त्यस्तो आफ्नै फेदैमुनि फोहोरको रास देखेपछि धरहरा भने केहीबेर अवयव नै भयो भन्या। सपना त सपना नै हुने रहेछ क्या पाठकवृन्द!

प्रतिक्रिया दिनुहोस्