प्रकाशचन्द्र लोहनी नुवाकोटका दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिश



नुवाकोट,एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिशमा परेका छन्।

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोट जिल्ला कार्यसमितिले गरेको सिफारिश सूचीमा लोहनीलाई दुवै निर्वाचन क्षेबत्रबाट प्रत्यक्ष र सामानुपातिकको उम्मेदवार राखिएको पार्टी जिल्ला सचिव दीपेश पाण्डेले जानकारी दिए।

नुवाकोट थानसिंह निवासी लोहनीलाई दुवै निर्वाचन क्षेत्रले प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिश गरिए पनि उनले अन्य दलसँग तालमेल गरी प्रत्यक्षतर्फबाटै उम्मेदवारी दिने बताइएको छ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनको क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ गोकर्णराज सिटौला, विमल थापा, लक्ष्मी पण्डित, पुरेन्द्रप्रसाद ढकाल र होमकुमारी ओझालाई पनि सिफारिश गरिएको छ।

समानुपातिकतर्फ भरतजङ्ग उप्रेती, पोषनाथ ढुङ्गाना, शेरबहादुर खत्री र सरिता लामा छन्।

प्रतिनिसधिसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ श्यामकुमार केसी, झनक प्याकुरेल, राज्यलक्ष्मी श्रेष्ठ र कुलबहादुर खङ्गीलाई उम्मेदवार प्रस्ताव गरिएको छ भने समानुपातिकतर्फ कृष्णबहादुर प्याकुरेल सीताराम सापकोटा, राधिका विश्वकर्मा र सीताराम कुमाललाई प्रस्ताव गरी नामावली केन्द्रमा बुझाइएको सचिव पाण्डेले जानकारी दिए।

पार्टीले जिल्लाका चारवटै प्रदेशको प्रत्यक्ष र सामानुपातिकतर्फको उम्मेदवार पनि सर्वसम्मत प्रस्ताव गरी नामावली केन्द्रमा बुझाएको जनाएको छ।रासस

प्रतिक्रिया दिनुहोस्