ठूलो धनराशिका क्रिकेट हुँदै



अछाम, (नेस) ।
अछाम जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशिका २ ओटा क्रिकेट प्रतियोगिता हुने भएका छन्। क्षेत्रीयस्तरका समान ५०–५० हजार पुरस्कार राशिका २ ओटा छुट्टा–छुट्टै क्रिकेट प्रतियोगिता आयोजना हुन लागेका हुुन्। अछामको क्षेत्र नम्बर १ स्थित रिडीकोट र क्षेत्र नम्बर २ को कमलबजारमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। क्षेत्र नम्बर १ को बडासैन खेलमैदान रिडीकोटमा असोज २३ गते सोमबारबाट खेल शुरू भएको छ भने क्षेत्र नं. २ को कमलबजार एयरपोर्टमा सोज २६ गते बिहीबारबाट प्रतियोगिता हुने बताइएको छ।

प्रतियोगितामा अछाम, डोटी, बाजुराका टिमले सहभागिता जनाउने बताइएको छ कमलबजारमा प्रतियोगितामा प्रथम टिमले ५० हजार र दोस्रो हुनेले २० हजार हात पार्ने भएको छ। प्रतियोगितामा अछाम जिल्लालगायत छिमेकी जिल्लाका टिमले समेत सहभागिता जनाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्