मेसीले बार्सिलोना छोडे म्यान्चेस्टर सिटी भित्र्याउन तयार



काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीबारे फेरी बार्सिलोना छोड्ने अड्कलबाजी सुरु भएको छ । स्पेनिस मिडियाहरुले सोमबार मेसीलाई इङलिश क्लब म्यान्चेस्टर सिटीले भित्र्याउने तयारी गरेको रिपोर्ट सार्वजनिक गरेका छन् ।
बार्सिलोनाले मेसीले सन् २०२१ सम्म क्लबमा रहनेगरी सम्झौतामा साइन गरिसकेको बताएपनि मेसीले सम्झौतामा अझै साइन नगरेको बताइएको छ । मेसीले बार्सिलोन मा सम्झौता नवीकरण नगरे म्यान्चेस्टर सिटी मेसीका लागि ४ सय मिलियन युरो खर्च गर्न तयार रहेको स्पेनमा चर्चा सुरु भएको छ ।
स्पेनिस मिडियाहरुले यस बारेमा म्यान्चेस्टर सिटीले मेसीका नजिकका सदस्यहरुसँग कुरा गरिसकेको दाबी गरेका छन् । स्पेनिस मिडिया एएसले मेसीले बार्सिलोनामा सम्झौता नवीकरण नगरे सिटी उनलाई भित्र्याउन तयार रहेको सन्देश मेसीसँग पुर्याइसकेको बताएको छ ।
हाल म्यान्चेस्टर सिटीका म्यानेजर पेप ग्वार्डीवालाको अन्डरमा मेसी चार बर्षसम्म खेलेर च्याम्पियन्स लिग र ला लिगा दुवै जित्न सफल भएका थिए ।
नेइमारको एपिसोड पछि बार्सिलोना मेसीसँगको सम्झौता छिटो टुंग्याउन चाहे पनि मेसीले समय लिइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
हाल मेसी अर्जेन्टिनाको विश्वकप छनौट खेल्न इक्वेडरमा रहेका छन् । रसिया विश्वकपमा छनौट हुन् अन्तिम खेल जित्ने पर्ने दबाब रहेको अर्जेन्टिना हाल समुहको छैठौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्