माओवादी मन्त्रीलाई हटाएर राप्रपालाई सरकारमा लैजाने देउवाको तयारी, कमल थापाले पाउलान त गृहमन्त्री ?



नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री शेर बहादुर देउवाले राप्रपा बाट मन्त्री थप्ने योजना बनाएको बताइएको छ । माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउएर राप्रपाबाट मन्त्री बनाउने तयारी प्रधानमन्त्री देउवाले गरेका छन् । माओवादी मन्त्रीहरुलाई हटाएर राप्रपालाई सरकारमा सामेल गर्ने तय भएको छ । तर, मन्त्रालयमा कुरा मिल्न बाँकी रहेको स्रोतले बताएको छ । राप्रपाका अध्यक्ष कमल थापाले सरकारमा सहभागी हुन गृह मन्त्रालय मागेका छन् ।
सरकारमा सहभागी हुनका लागि राप्रपाको सोमबार बिहान बैठक बसेको थियो । गृह मन्त्रालय पाए सरकारमा सहभागी हुने कमल थापाको प्रस्ताव थियो । प्रधानमन्त्री देउवाले पनि राप्रपालाई सहभागी गराउने बारे सोमबार छलफल गरेका छन् ।
राप्रपा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुन प्रस्ताव राखेको ‘ब्रिफिङ’ अध्यक्ष कमल थापाले गरेका थिए
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेससँगको तालमेलबारे पनि बैठकमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्