यु–१८ नेपाली फुटबल टोलीलाई जनही २ लाख रुपैयाँ पुरस्कार



नेपाल समाचापत्र, काठमाडौ ।
हालसालै साफ यु–१८ च्याम्पियनसिपको जित हात पारेको नेपाली यु–१८ नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही २ लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ ।

भुटानमा दुई साताअघि भएको प्रतियोगितामा नेपालले भारतलाई २–० ले हराउँदै उपाधि जितेको थियो । २३ सदस्य खेलाडीसँगै मुख्य प्रशिक्षक छिरिङ लोप्साङ, सहायक प्रशिक्षक पुष्कर शाही र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र टोलीका सदस्य थिए ।

एन्फाका केन्द्रीय सदस्य गणेश चन्द व्यवस्थापक रहेको टोलीको फिजियोमा राजु दाहाल रहेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्