लस भेगास आक्रमणकारीको सम्पत्ति रोक्का गर्न आक्रमण



 

लसभेगास, (एजेन्सी)
गत आइतबार अमेरिकाको लस भेगासमा भएको गोली काण्डमा मारिएका क्यालिफोर्निया निवासी एक व्यक्तिका परिवारले अमेरिकाको एउटा अस्पतालमा याचिकापत्र दायर गर्दै आक्रमणकारीको सम्पत्ति रोक्का गर्न आग्रह गरेको छ।

गत १ अक्टोबरमा लस भेगासस्थित मन्डाले बे रिसोर्ट एन्ड क्यासिनो होटेलको ३२औं तलाबाट संगीत महोत्सवमा सहभागी भीडमाथि स्टेफन प्याडक नामक ६४ वर्षीय व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ५८ जनाको ज्यान जानुका साथै अन्य ४ सय ८९ जना घाइते भएका थिए।

अन्त्यमा प्रहरी नजिकिँदै गरेको महसुस हुनासाथ उनले होटेल कोठाभित्रै आफैंमाथि गोली चलाएर आत्महत्या गरेका थिए। उक्त रुट ९१ हार्भेस्ट फेस्टिभलको अन्तिम रातमा २२ हजारभन्दा बढी सहभागी रहेका थिए।

सो आम नरसंहारमा ५६ वर्षीय जोह्न फिप्पेन पनि मारिएका थिए।क्यालिफोर्नियाको सान्ता क्लारिटा निवासी छ जना सन्तानका पिता जोह्नले आफ्नो छोरो ट्राभिस फिप्पेनसँग सो कार्यक्रममा सहभागी भएका थिए। लस एन्जेल्सस्थित एबीसी स्टेसन केएबीसीले फिप्पेन घाइते भएको बताएका छन्।

उक्त याचिकापत्र दर्ता भएको कारण प्याडककी लामो समयकि गर्लफ्रेन्ड म्यारिलो डेन्ली, उनका भाइ एरिक प्याडक र उनका अन्य सम्भावित हकदारका नाममा उनको सम्पत्ति हस्तान्तरण नहुने भएको छ। निजी विमान उडाउने र शिकार खेल्ने अनुमतिपत्रसमेत लिएका प्याडक व्यावसायिक जुवाडे भएको बताइएको छ। सो आक्रमणमा अझै धेरैको हत्या गर्ने कुनियत प्याडककको रहेको आइतबार अमेरिकी प्रहरीले जनाएको छ। उनले होटेल कोठाबाटै म्याकक्यारन इन्टरनेसनल एयरपोर्ट नजिकको एउटा जेट इन्धन भण्डारण टैंक पड्काउन दुई वटा गोली चलाएको अनुसन्धानबाट खुलेको छ।

विमानस्थलका एक जना प्रवक्ताले एउटा गोलीले टैंक छेडिएको तर भाग्यवश आगो नलागेको बताएका छन्। यदि सो टैंकर विस्फोटन भएको भए अकल्पनीय धन–जनको क्षति हुनसक्ने सुरक्षा स्रोतले जनाएको छ। यसैबीच अझै पनि अनुसन्धानकर्ताहरूले सो आक्रमण गर्नुको उद्देश्य पत्ता लगाउने कोशिस गरिरहेका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्