कुन देशको पासपोर्ट कति शक्तिशाली ? ग्लोवल पासपोर्ट वरियतामा नेपाल ८७ औं नम्बरमा



विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रुपमा जर्मनी र सिंगापुरको लार्इ मानिन्छ। पासपोर्ट एन्डेक्सले गरेको ग्लोवल पासपोर्ट वरियताक्रम अनुसार २०१७ मा जर्मनी र सिंगापुरको पासपोर्ट शक्तिशाली पासपोर्टका रुपमा देखिएका हुन् ।

अन अराइभल भिसा र फ्रि भिसाको आधारमा पासपोर्ट एन्डेक्सले कुन देशको पोसपोर्ट शक्तिशाली र कुन देशको पासपोर्ट कमजोर रुपमा रहेको अध्ययन गर्ने गरेको छ।

दोस्रो शक्तिशाली पासपोर्टको सुचीमा स्वीडेन र दक्षिण कोरिया रहेका छन् भने तेस्रोमा डेनमार्क, फिनल्याण्ड, इटाली, फ्रान्स, स्पेन, नर्वे, जापान, बेलायत र अमेरिका रहेका छन् ।

चौथोमा लक्जेम्बर्ग, स्वीजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, अष्ट्रिया र पोर्चुगलसँगै रहेका छन् । पाचौंमा मलेसिया, आयरल्याण्ड र क्यानडा रहदाँ छैठौमा ग्रिस, न्युजिल्याण्ड र अष्ट्रेलिया रहेका छन् ।

सातौंमा माल्टा, चेक रिपब्लिक, आइसल्याण्ड रहेका छन् भने आठौंमा हंगेरी भने नवौंमा स्लोभानिया,स्लोभाकिया,पोल्याण्ड, लिथुअनिया,लादभिया रहेका छन् ।

१० औं शक्तिशाली नम्बरमा इस्टोनिया रहेको छ । ग्लोवल पासपोर्ट वरियतामा नेपाल ८७ औं नम्बरमा छ । यो भनेको नेपाल कमजोर राष्ट्रहरुको छैठो सुचीमा पर्छ । नेपाल, श्रींलका, इरान र सुडान एकै सुचीमा छन् ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्