लट्याङ पट्याङको राजनीति



 

वाम एकताको चर्चा सेलाउन नपाउँदै फेरि अर्को लोकतान्त्रिक एकता भएको छ। यो एकताको कुराले जनतामा उत्साह छाएको छ। यो उत्साह कहिलेसम्म कायम रहने हो भन्नेमा चाहिँ धरहराले अलि बढी नै शंका गरेको छ।

कम्युनिस्टहरू भाषणमा एकताका बारेमा बडो दार्शनिक कुरा गर्ने गरेको धरहराले सुनेको हो तर उनीहरूको व्यवहार भने ठीक उल्टो छ। आफूलाई सर्वेसर्वा ठान्ने कम्युनिस्टहरूले एकताको राग जपेर आफूलाई के अब्बल बनाउन खोजेका थिए फेरि अर्को समूह अझै क्रान्तिकारी भएर हुने नहुने सबैलाई भेला जम्मा परेर अर्को एकताको घोषणा गरेपछि देशमा अब केही हुन्छ कि? भन्नेहरूको संख्या पनि थपिन थालेको छ।

आशा गरौं, भरोसा नगरौं। यी ठूला दलहरूले आफ्नो शाख जोगाउने नाममा सबैलाई लट्याङ पट्याङ पारेको देखेर धरहरा पनि तीन छक परेको छ। यी दलहरू पनि के भा’का हुन् कुन्नि? कहिले कोसँग कहिले कोसँग लभ गर्छन्। बिहे एकजनासँग गर्ने गर्भधारण अर्कोसँग गर्ने दलको रवैयाले कसलाई कहाँ पुर्याउँछ, त्योचाहिँ हेर्न बाँकी छ है पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्