प्रहरी के हो ?



नेपाल प्रहरी सरकारको भ्रातृसंस्था हो कि भन्ने भान धरहरालाई परेको छ। मुल्ुकको शान्ति सुरक्षा कायम गर्ने एक मात्र निकायलाई भ्रातृसंस्थाजस्तो कहिले कता कहिले कता गर्ने सरकारी निकायको रबैयाका कारण यो संस्था लिलिपुटको राजा हुने होकि भन्ने आशंका धरहराले गरेको छ है पाठकबृन्द।

अहिले सरकारको नेतृत्व गरेका शेरबहादुर दाइले आफ्नो क्षेत्रका मान्छेलाई आईजीपी बनाउन गरेको प्रपन्चले बजार तातिएको छ। हैन शेरबहादुर दाइ पनि के भाका होलान् भन्या देशकै प्रधानमन्त्री भएपछि सुदूरपश्चिम मात्रै खोज्ने उहाँको चालालाई कसैले निको मानेका छैनन् है।

प्रधानमन्त्री त पूर्वको आलाङचुङगोलादेखि धार्चुलासम्मका नेपालीको प्रधानमन्त्री हुनुपर्ने होइन र भन्या।

देउवा दाइलाई किन हो कुन्नी एआईजी जयबहादुर चन्दलाई आईजीपी नबनाइ नभाको धरहराले बुझेको भए मरी जाऊँ। हैन देउवा दाइलाई चाहीं कानुन लाग्दैन कि क्या हो धरहराले बुझेन पाठकबृन्द तपाईंले केही बुझ्नु भएको भए खुसुक्क खबर पाउंmँ है ?

प्रतिक्रिया दिनुहोस्