प्रहरी नै नेताभक्त भएपछि…



 

प्रहरी प्रमुख परिर्वतन गर्ने खेल शुरु भएको समाचारले फेरि प्राथमिकता पाएको देखेपछि धरहरालाई लाग्न थालेको छ। प्रहरी संगठन त सरकारको रखेलजस्तो पो छ त। चाहेको बेला मोजमस्ती गर्ने काम सकिएपछि लात हानेर निकाल्ने। हैन किन यो संगठन नेताहरूको रखैल बन्ने गरेको छ भनेर धरहराले यसो सोच्ने गरेको त संगठनका हाकिमहरूले नेतालाई रखेल बनाइदेउ भन्दै जाँदा रहेछन्। सरकारी मान्छे र नेताले उनीहरूलाई रखैल बनाउँदा रहेछन्।

अहिले फेरि प्रहरी महानिरीक्षक फेरेर अर्कालाई महानिरीक्षक बनाउने दाउमा सुदूरपश्चिमका एक हाकिमले सुदूरपश्चिमकै प्रधानमन्त्रीलाई दिनदिनै गएर मन्त्रणा गरेपछि प्रहरी महानिरीक्षक परिर्वतन हुने सम्भावना बढेको हो कि भन्ने महसुस धरहराले पनि गरेको छ। ती सुदूरपश्चिमका ती हाकिमले आफू प्रहरी प्रमुख बन्न लागेको फरमान जारी गर्न आफ्ना आसेपासेहरू लगाएपछि आसेपासेले पत्रिकाको कार्यालयमा गएर समाचार टिपाउन थालेको दृश्य धरहराबाट देखियो है पाठकवृन्द । हैन जसलाई जतिखेर मन लाग्यो त्यति खेर नै प्रहरी प्रमुख बन्न मन लाग्यो भन्दैमा संगठनको रीति त बिगार्न भएन नि ? कि कसो।

२ घण्टा ३१ मिनेटमा डेल पोट्रोलाई हराएपछि खुसी हुँदै राफाल नाडाल

प्रतिक्रिया दिनुहोस्