नकआउट फुटबल प्रतियोगिता हुने



भद्रपुर (ने.स) । झापाको सदरमुकाम भद्रपुरमा झापा जिल्ला एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । मुनाल क्लव भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकाडेमीको आयोजना यही असोज २ गतेदेखि ११ गते सम्म एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो ।
जिल्लामा रहेका विभिन्न फुटबल एकाडेमीमा प्रशिक्षण लिइरहेका खेलाडीहरु बिच प्रतियोगिता गराई अव्बल फुटबल खेलाडी उत्पादन गर्ने उदेश्यले एकाडेमी स्तरीय प्रतियोगिता गर्न लागेको आयोजक समितिले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । साथै विगत ५ बर्षयता मेची रंगशाला भद्रपुरमा कुनै पनि जिल्लास्तरीय फुटबल प्रतियोगिता नभइरहेको अवस्था र नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै पनि प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलाडि युगलकिशोर राईले बताए । प्रतियोगिताबाट आम्दानी हुने रकमबाट चन्द्रगढी फुटबल एकाडेमीमा प्रशिक्षण लिने खेलाडीको स्तरवृद्धिमा खर्च गरिने संयोजक राईले बताए । पहिलो पटक आयोजित यस प्रतियोगितालाई आगामी बर्षदेखि होम एण्ड अवे लिगमा रुपान्तरण गर्ने लक्ष्य समेत राखेको उनको भनाइ छ ।
प्रतियोगितामा एकाडेमी स्तरीय १० वटा टिम सहभागि हुने छन् । जसमा काकरभिटटा फुटबल टे«निङ्ग सेन्टर, पूर्वाञ्चल क्षेत्रीय पुलिस फुटबल टे«निङ्ग सेन्टर, विर्तामोड फुटबल टे«निङ्ग सेन्टर, सैनिक फुटबल टे«निङ्ग सेन्टर, केर्खा फुटबल टे«निङ्ग सेन्टर, दमक फुटबल टे«निङ्ग सेन्टर, जलथल फुटबल टे«निङ्ग सेन्टर, मंलगबारे फुटबल टे«निङ्ग सेन्टर, एपीएफ दमक र आयोजक चन्द्रगढी फुटबल एकाडेमीले सहभागिता जनाउने छन् । प्रतियोगितामा विजेता टिमले नगद एक लाख १ हजार र उपविजेता टिमले ५१ हजारसहित मेडल, प्रमाणपत्र पाउने समितिका सचिव केशव मैनालीले बताए । खेल मैदान व्यवस्थापन, खेल सामग्री, टिम व्यवस्थापन, प्रचारप्रसार, टफी, मेडल, पुरस्कारसहित खेल सञ्चालन गर्न करिब १० लाख खर्च हुने र त्यसका लागि आर्थिक संकलन भइरहेको समितिका कोषाध्यक्ष हिम्मत पाण्डेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्