झापामा पहिलो पटक दशै मेला फेशन शो



भद्रपुर (ने.स) । आउदै गरेको मुख्य चाड पर्वको अवसर पारेर झापामा पहिलो पटक ढाका इभेन्ट दशै मेला फेशन शो को कार्यक्रम आयोजना गरिने भएको छ । युवतीसंग भएको क्षमता र प्रतिभालाइ समाजसंग परिचित गराई राष्ट्रको निम्ति योगदान पुर्याउने उदेश्य राखेर कार्यक्रम सञ्चालन हुने भएको हो । ढाका इभेन्ट काठमाण्डौले सोमवार दिउँसो भद्रपुरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराएको हो ।

युवतीहरुमा भएको इच्छा,चाहानहरु मन भित्र राखी आफ्नो कला तथा कृतिहरु दर्शाउन स्थान नपाइरहेको अवस्थालाई मध्यनजर गर्दै पहिलो पटक पुर्वको झापावाट कार्यक्रम सुरु गर्न लागिएको इभेन्टकी सञ्चालिका भुमिका चौधरीले बताइन् । फेसन शो मार्फत समाजलाइ रुपान्तरण गरि आउने पिडीहरकोलागी सहज होस भन्ने उदेश्य रहेको सञ्चालिका चौधरीको भनाइ छ । नेपालको पहिचान ढाका कपडा भएकोले फेशन शो सगै ढाका पोशाकलाई समेत अगाडि बढाउने अर्को महत्वपुर्ण उदेश्य रहेको उनले बताइन् । आउदै गरेको सोमवार र मंगलवार भद्रपुरको आनि होटलमा अडिसन हुने र असोजको ५ गते घटस्थापनाका दिन देखि तिन दिनसम्म फेसन सो गराइने उनले जनाएकी छन् । तिन दिन हुने मेलामा पोशाकका डिजाइन सहितको विभिन्न स्टल समेत रहने उनले बताइन् ।
फेशन शो लाइ राम्रो प्रोफेशनको रुपमा नसोचिहेको अवस्थामा यसलाइ बदल्न र वास्तविकतालाइ दर्शाउन इभेन्ट शो जरुरी रहेको प्रशिक्षक दीक्षा चौधरीले बताइन् ।

विभिन्न प्रतिभा मध्ये फेशन शो पनि एक महत्वपुर्ण विषय भएकोले पछिल्लो समय यस्को महत्व बढ्दै गएकोले यो तालिममा १६ देखि २४ वर्ष उमेर समुहका युवतीलाइ समावेश गराइने चौधरीले बताइन् । अडिसनवाट छानिएका १५ जनालाइ फेशन सम्बन्धि तालिम प्रदान गरिने उनले बताइन ।
मेलाबाट उठेको आम्दानीबाट बाढी पीडितलाइ मद्दत पुर्याउने सहजकर्ता निलोफर रहमानले बताइन् । कार्यक्रमलाइ उदेश्यमुलक बनाउन र भद्रपुरको पहिचानलाई कायम राख्न पहिलो पटक इभेन्टले युवतीहरुको लागि कार्यक्रम ल्याएको रहमानले बताइन् । कार्यक्रम सम्पन्न गर्नको लागि करिब ८ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्