काम नगर्ने ठेकेदारका ठेका तोड्छु : मन्त्री बलायर



विमल विष्ट, डोटी । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले काम नगर्ने ठेकेदारका टेकापट्टा तोडिने बताउनु भएको छ । शनिबार डोटीको बानीडुग्रीसैन स्थित सेती नदिमा निर्माण भईरहेको पश्चिचौकी हुदै बझाङ जोड्न पक्कि पुलको निरिक्षणमा निस्किनु भएका मन्त्री बलायरले ठेका लियर समयमा काम पुरा नगर्ने ठेकेदारका ठेक्काहरु तोडिने बताउनु भएको हो । उहाँले भन्नु भयो ‘काम गर्छु भनेर ठेक्का पार्ने समयमै काम पुरा नगर्ने र साना ठेकेदार तथा कम्पनीलाई पेटी ठेका दिनेका काम सबै तोड्छु ।’ पुल निरिक्षणकै क्रममा मन्त्री बलायरले डोटीमा लामो समयदेखी काम रोकिएका सबै काम हरु सुचारु गराउन सम्बन्धित ठेकेदारलाई काम गर्न ततकेता दिन समेत क्षेत्रीय सडक कार्यालय सिलगढीलाई निर्देशन समेत दिनु भएको थियो ।

निर्देशन दिदै उहाँले भन्नु भयो ‘काम सुचारुका लागि ताकेता दिनुस,काम नगरे ठेका तोड्नुहोस ।’ करिब ५ बर्ष अगाडी ठेक्का सम्झौता भई निर्माणको प्रक्रियमा रहेको उक्त पश्चिचौकी हुदै बझाङ जोड्न पक्कि पुल प्राबिधिक कठिनाई भएको भन्दै ठेकेदार कम्पनीले काम बन्द गरेको छ । नदिको बिचमा पर्ने पिपलको जग खन्दा समस्या उत्पन्न भएको भन्दै ठेकेदारले काम बन्द गरेको स्थानिय प्रेमबहादुर बलायरले बताउनु भयो । हालका डडेल्धुरा स्थित परशुराम नगरपालिकाका मेयर समेत रहेका भिम साउदको कम्पनीले उक्त पुल निर्माण गर्ने ठेक्का लिएको हो । साम्झौता अनुसार उक्त कम्पनीले तिन बर्ष भित्रमा काम सक्ने भनिएपनि हाल सम्म एक मात्र पिलर खडा गरेर काम बन्द भएको छ । डोटीमा अधिकांस सडक निर्माण देखी पुल निर्माणका काममा ठेका हाल्ने तर काम नगर्ने प्रबृत हाबी भएको छ । स्थानियबासीका अनुसार कतिपय ठाउहरुमा त ठेकेदारहरुले ठेका लिएपछि सामान्य माटो खनेर बर्षौ देखी काम बन्द गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्