जुन ठाँउमा जससँग कुरा मिल्छ त्यहीसँग तालमेल हुन्छ: एमाले उपाध्यक्ष ज्ञवाली



धनवीर दाहाल, रुकुम । नेकपा एमालेका उपाध्यक्ष एवं प्रदेश नं ६ का संयोजक युवराज ज्ञवालीले अव देश निबार्चनमय भएको बताउनुभएको छ । सरकारले दुई चरणमा भएपनि निबार्चन गराउनु सकारात्मक भएको तर त्यसका लागी आबश्यक कामहरु यथाशिघ्र गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निबार्चन र आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निबार्चनमा एमाले पहिलो पार्टी हुने दावी गर्नुभयो । एमालेको निति र बिचार सहि भएको बताउनुहुँदै एमाले उपाध्यक्ष ज्ञवालीले आगामी निबार्चनमा जहाँ जुन ठाँउमा आबश्यकता पर्दछ त्यही आवश्यकता अनुसार जो सँग पनि तालमेल हुने तर नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी भएको पनि स्पष्ट पार्नुभयो । नेकपा एमाले रुकुमको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न रुकुम पुग्नुभएका उहाँले प्रेस चौतारी रुकुमले गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।

संबिधान संशोधनको प्रस्ताव राष्ट्रघाती भएको प्रमाणित भएकोले फेल भएको उहाँको दावी थियो । एमालेको कारण संबिधान संशोधन फेल भएको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले भारत गएर संबिधान संशोधनको कुरा उठाएर राष्ट्रहित बिपरित काम गरेको ज्ञवालीको भनाई थियो । उहाँले भन्नुभयो “प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा गएर नेपालको आन्तरिक कुरालाई रिपोर्टिङ्ग गर्ने तथा उनीहरुसँग अनुनय बिनय गर्ने काम गर्नुभएको छ त्यो अत्यन्तै दुखद कुरा हो ।”

भारतसँग भएका बिगतका सरकारले गरेका सम्झौताहरुलाई निरन्तरता दिनु राम्रो पक्ष भएको तर आन्तरिक मामिलालाई लिएर प्रधानमन्त्रीले भारतलाई अनुनय बिनय गर्नु देशको लागी राम्रो नभएको उहाँको भनाई थियो । अर्काे एक प्रश्नमा नेता ज्ञवालीले भष्ट्राचारमा संलग्नहरु पनि देशका बिभिन्न पदमा लड्न पाउनुपर्छ भन्ने प्रस्ताव गलत भएको बताउनुभयो । देशमा राम्रा मान्छेहरु हुँदा हुँदै गलत आरोप लागेका मान्छेहरुलाई उम्मेदवार बनाउन नसकिने स्पष्ट पार्नुभयो ।

देशको बदनाम हुने खालका कामहरु एमालेले गर्न नदिने जानकारी दिनुभयो । एमालेले लिएको अडान सहि भएको र सहि अडानका साथ अगाडी बढ्ने उहाँको भनाई छ । यसै गरी प्रदेश नं ६ का संयोजक समेत रहनुभएका ज्ञवालीले प्रदेश नं ६ को विकासका लागी आफ्नो पार्टी दस्तावेज तयार गरेको जानकारी दिँदै ६ नं प्रदेश कस्तो बनाउने भन्ने कुरा एमालेको हातमा रहेको बताउनुभयो ।

प्रदेश नं ६ को राजधानी सुर्खेतमा हुने पनि उहाँले जानकारी दिनुभयो । केही असन्तुष्टीहरु भएको भएपनि अन्ततहः सुर्खेत नै राजधानीको लागी उपयुक्त भएको उहाँले बताउनुभयो । अहिले नै आफ्नो पार्टीले मात्र भनेर नहुने भएकोले निबार्चनपछि आउने परिणामको आधारमा तथा बहुमतका आधारमा पनि राजधानीको टुंगो लाग्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्