तेह्रथुममा बस दुर्घटना हुँदा ४ जना घाइते, एकको अवस्था गम्भिर



नेपाल समाचारपत्र, तेह्रथुम ।
तेह्रथुमको लालीगुराँस नगरपालिका ९ काँडेमा बिहीबार दिउँसो बस दुर्घटना भएको छ ।

दुर्घटनामा परि चार जना भन्दा बढी यात्रु घाइते भएका छन् । तेह्रथुमको म्याङलुङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७६९० नम्वरको मितेरी यातायात दुर्घटनामा परेको हो ।

४० जना यात्रु सवार बस काँडे खण्डको बीच सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते भएकी म्याङलुङ ३ की फुलमाया तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक हरीबहादुर मगरले जानकारी दिनुभयो ।

ब्रेकको पाईप फुटेर ब्रेक नलाग्दा दुर्घटना भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्