कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै



नेपाल समाचारपत्र, काठमाडौ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी तथा शिक्षा संकायको नतिजा बिहिबार सार्वजनिक हुने जनाएको छ ।

स्रोतका अनुसार विज्ञान संकाय, प्राविधिक र संस्कृतको नतिजा प्रकाशित गरिसकेको बोर्डले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा प्रकाशित नहुँदा स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले प्रवेश परीक्षा दिन पाएका छैनन् ।

 

 

प्रतिक्रिया दिनुहोस्