श्रीमतीले लाठि प्रहार गर्दा श्रीमानको मृत्यु



चिरञ्जीवी मास्के, दोलखा । दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर ४ भेड्पुकी ६० बर्षिय सन्जी तमाङले लाठि प्रहार गरी श्रीमान कर्णबहादुर तमाङको हत्या गरेकी छन् ।
विहिवार राति मृतक कर्णबहादुरले मादक पर्दाथ सेवन गरी आएर बुहारी विपना थोकरसंग थप मादक पर्दाथ मागेको र बुहारीले दिन नमाने पछि कुटपिट गरेका थिए । बुहारीलाई कुटपिट गर्न लागेपछि श्रीमती सन्जी तमाङले लाठिले हिर्काएको र लाठिको चोटका कारण कर्णबहादुरको मृत्यु भएको पाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

आरोपि सन्जीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भै रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्