ईयूका पन्ध्र राष्ट्रमा प्रदूषित अण्डाको खतरा



हङकङ, (एजेन्सी)
युरोपेली संघ ( ईयू ) का १५ वटा मुलुकलगायत हङकङ र स्विजरल्यान्डमा पनि किटनाषक औषधि फिप्रोनिल संक्रमित अण्डा रहेको युरोपेली आयोगले शुक्रबार जनाएको छ। यस विषयमा आयोगले आगामी २६ सेप्टेम्बरमा मन्त्रीहरू र नियम कार्यान्वयन निकायहरूबीच बैठक बसाउने भएको छ।

खाद्यान्न सुरक्षा प्रमुखले अण्डाको समस्यालाई लिएर राष्ट्रहरूले एकले अर्कालाई दोष लगाउने र बेइज्जत गर्ने कार्य नगर्न आह्वान गरेका छन्। बेल्जियन र डचहरूले कति अगाडिदेखि दूषित अण्डाबारे जानकारी प्राप्त गरेको भन्नेबारे विवाद उठ्न थालेको छ।

विशेष गरी नेडरल्यान्डबाट आयात गरिएका अण्डामा फिप्रोनिल नामक रसायनिक पदार्थ फेला परेको छ। यस तत्वलाई जनावरलाई चिलाउने समस्या र जुम्राबाट बचाउने गर्दछ। ईयूले यसको प्रयोगलाई खाद्यान्न उद्योगमा प्रतिबन्ध लगाउँदै आएको छ।

फार्महरूमा कुखुरालाई जुम्राबाट बचाउन यसलाई प्रयोग गरिँदा अण्डा यसबाट प्रदूषित हुन पुगेको अनुमान गरिएको छ। यसरी अण्डा प्रदूषित अवस्थामा भेटिएका नेडरल्यान्ड, बेल्जियम, जर्मनी र फ्रान्सका कुखुरा फार्महरू अहिले बन्द गरिएका छन्।

युरोपेली आयोगका प्रवक्ता डानियल रोजारियाले ती मुलुकका अण्डामा फिप्रोनिल मिसिएको पुष्टि भइसकेको हिजो बताएका छन्। यस्ता प्रदूषित अणु भेटिएका अन्य युरोपेली राष्ट्रहरूमा बेलायत, स्विडेन, अष्ट्रिया, आयरल्यान्ड, इटाली, लक्ज्वेम्वर्ग, पाल्यान्ड, रोमानिया, स्लोभेनिया, स्लोभाकिया र डेनमार्क परेका छन् भने गैर ईयू राष्ट्रमा स्विजरल्यान्ड रहेको छ।

प्रतिक्रिया दिनुहोस्